प्रधानमन्त्रीको विश्वासको मतका विषयमा निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

आइतबार, चैत ५, २०७९

काठमाडौँ ।  नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ ।
यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बस्ने बैठकमा प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत, सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयकसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार