युद्ध अपराधको आरोपमा आईसीसीद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

शनिबार, चैत ४, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अदालतले उनीमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्‍याइएको सहित युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको छ । उसले उक्त अपराध युक्रेनमा कम्तीमा २४ फेब्रुअरी २०२२ देखि भएको जनाएको छ । त्यसैबेला रुसले युक्रेनमाथि पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो । मस्कोले आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ ।

आईसीसीले लगाएको आरोप
आईसीसीले पुटिनलाई बालबालिकाको निर्वासनमा संलग्न भएको आरोप लगाएको छ । उसले पुटिनले प्रत्यक्ष रूपमा कार्य गरेको विश्वास गर्ने उचित आधार रहेको दाबी गरेको छ ।
अदालतले रुसी नेताले बालबालिकालाई देशबाट भाग्नुपर्ने अवस्था बनाउन अरूलाई रोक्नका निम्ति आफ्नो अधिकार प्रयोग गर्न पनि असफल भएको बताएको छ । रुसकी बालअधिकार आयुक्त मारिया लभोभा बेलोभालाई पनि आईसीसीले खोजी सूचीमा राखेको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले पक्राउ पूर्जी अर्थहीन भएको बताएका छन् । 'अन्तर्राष्ट्रिय फौजदारी अदालतका निर्णयले हाम्रो देशका लागि कानुनी दृष्टिकोण सहितको कुनै अर्थ राख्दैनन्', मारिया जाखारोभाले भनिन् । उनले त्यसो भन्नुको कारण पक्राउपुर्जी जारी भए पनि आईसीसीसँग सन्दिग्धलाई गिरफ्तार गर्ने कुनै शक्ति छैन र अदालत स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरिएका देशहरूमा मात्र उसले आफ्नो अधिकारको प्रयोग गर्न सक्छ । रुस आईसीसीसम्बन्धी सम्झौताको हस्ताक्षरकर्ता होइन, त्यसले गर्दा पनि उक्त देशबाट सुपुर्दगी हुने सम्भावना छैन ।-बीबीसी

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार