क्रिकेट खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

शुक्रबार, चैत ३, २०७९
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका सदस्य (खेलाडी)लाई जनही ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त पुरस्कारको घोषणा गरेका हुन् । 

प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए ।

pm1679028829.JPG

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ।

बिहीबार संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ। बिहीबार नेपालले यूएईको प्रतिस्पर्धा गर्दा प्रधानमन्त्री प्रचण्ड खेलाडीलाई हौसला दिन तथा खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार