विश्वकप क्रिकेट छनोटमा पुग्न सफल क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

बिहीबार, चैत २, २०७९
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो ।

Pmo1678971552.JPG
खेल सकिए लगत्तै ट्वीटरमार्फत प्रचण्डले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिए । ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ प्रचण्डले लेखेका छन् ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार