नेपाललाई ऐतिहासिक सफलता,  यूएईलाई ९ रनले पराजित गरेसँगै विश्वकप छनोटमा स्थान सुरक्षित

बिहीबार, चैत २, २०७९

काठमाडौं । आईसीसी विश्वकप लिग टूअन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा यूएईविरुद्धको खेलमा नेपाल ‘ब्याक लाइट’का कारण ९ रनले विजयी भएको छ ।  खराब मौसमका कारण ४४ ओभरपछि खेल हुन नसकेपछि डक वर्थ लुइस (डीएल) का आधारमा निर्णय लिइएको हो । जितसँगै जिम्बाबेमा हुने विश्वकप ग्लोबल छनोटमा नेपालले स्थान बनाएको छ । आईसीसी एकदिवसीय विश्वकप छनोट आगामी जुनमा हुँदै छ ।

cir1678968869.jpg
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार यूएईले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएको थियो । यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई ३१० रनको लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुखद सुरुवात गर्न सकेन । यद्यपि कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख र गुल्शन झाको अर्धशतकले यूएईले पराजित बेहोर्‍यो । 

Wicket_Nepal_Vs_UAE1678968661.jpg

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार