बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिने

बिहीबार, चैत २, २०७९

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ ।  राप्रपाले सरकारमा सहभागी आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । राप्रपाको समर्थन फिर्तापछि वर्तमान सरकार अल्पमतमा परेको हो । 
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा अहिले माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् । केन्द्रमा बनेको समिकरणपछि एमाले पनि सरकारबाट बाहिरिने तयारी गरेको छ । उपराष्ट्रपतिको निर्वाचन सकिएपछि एमाले सरकारबाट बाहिरिने बताउँदै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार