सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ सुरुवात गरेको छ। जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको छ । ओपनर आसिफ शेख तेस्रो बलमै वृत्य अरविन्दबाट स्टम्पिङ आउट भए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।