प्रधानमन्त्री प्रचण्डसँग प्रदेश प्रमुखहरूको भेटवार्ता

बुधबार, चैत १, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटेका छन् । बुधबार बिहान भएको भेटमा प्रदेश प्रमुखहरू तिलक परियार, अमिक शेरचन, परशुराम खापुङ लगायतले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रदेश प्रमुखहरू काठमाडौं आएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार