संस्थापक अध्यक्षको नाममा 'धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार कोष' स्थापना

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले सम्झियो अग्रज पत्रकारलाई
बुधबार, चैत १, २०७९

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुस्कार कोष’ स्थापना गरेको छ । महासंघ ललितपुर शाखाको सोमबार बसेको कार्यसमिति बैठकले संस्थापक अध्यक्ष स्व. धर्मरत्न शाक्यको नाममा कोष स्थापना गर्ने निर्णय गरेको शाखाका अध्यक्ष सागर न्यौपानेले जानकारी दिए । हामीले अहिले १ लाख राखेर कोष स्थापना गरेका छौं, कोषमा रकम थप्दै जाने हाम्रो नीति छ,’ अध्यक्ष न्यौपानेले भने, ‘संस्थापक अध्यक्षको सम्मानमा क्रियाशील पत्रकारलाई पेशाप्रति हौसला जगाउनका लागि यो पुरस्कार महत्त्वपूर्ण हुनेछ ।’
महासंघ ललितपुर शाखाका संस्थापक अध्यक्ष शाक्यको ८६ वर्षको उमेरमा विक्रम संवत् २०७४ वैशाख २६ गते निधन भएको थियो । उनले विक्रम संवत् २००६ देखि पत्रकारिता गर्दै आएका थिए । शाक्य २०४९ देखि २०५३ सम्म नेपाल पत्रकार महासंघ ललितपुर शाखा अध्यक्ष थिए ।
महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीका अनुसार पुरस्कार कोषलाई व्यवस्थित बनाउन र पुरस्कार प्रदान गर्ने मापदण्ड बनाउनका लागि कार्यसमिति सदस्य करुणाकर मल्लिकलाई जिम्मेवारी दिइएको छ ।  ‘जिल्लामा क्रियाशील रहेर १० वर्षदेखि पत्रकारिता गरिरहेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति महासंघ ललितपुर शाखाले लिएको छ,’ सचिव कार्कीले भने ।

 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार