माओवादी घटकको अन्तरक्रिया स्थगित

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं । माओवादी घटका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको माओवादी घटकको अन्तरक्रिया स्थगित स्थगित भएको छ । छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको बताइएको छ । सर्वोच्च अदालतले युद्धकालिन मुद्दालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन् । सोही बारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरुको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए ।
गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्रने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन् ।
सोही बिषयमा माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार