सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ र पदभार ग्रहणसँगै एउटा फाइलमा हस्ताक्षर गरेका छन् । उनले राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पौडेलले संविधानको धारा २८२ को (१) बमोजिम इजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
पौडेलले आजै दिउँसो शीतल निवासमा आयोजित विशेष समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बाहिरिएकी छन् ।