आज शीतल निवास छाड्दै निवर्तमान राष्ट्रपति भण्डारी

सोमबार, फागुन २९, २०७९

काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी झन्डै साढे ७ वर्षपछि आज शीतल निवास छाड्दै छिन् । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको दोस्रो कार्यकाल पनि हिजो फागुन २८ गते सकिएपछि राष्ट्रपति निवास छाड्न लागेकी हुन्। 
भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज दिउँसो २ बजेसम्ममा निवर्तमान राष्ट्रपति भण्डारीले शीतल निवास छाड्ने जानकारी दिए । 
निवर्तमान राष्ट्रपति भण्डारीले आजै शीतल निवास छाड्ने निश्चित भए पनि उनी कहाँ जाने भन्ने टुंगो लागिसकेको छैन । किनकि बूढानीलकण्ठस्थित उनको घरको मर्मत जारी छ । 
भण्डारी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति बनेकी थिइन् । पहिलो कार्यकाल सकिएपछि उनी दोस्रोपटक २०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । दुई कार्यकाल गरेर उनी शीतल निवासमा ७ वर्ष ४ महिना बसिन् । 
यसैबीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार