कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकृत गरे राचन्द्र पौडेलको राजीनामा 

आइतबार, फागुन २८, २०७९

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेससँगको सम्लग्नता छाड्न दिएको राजीनामा स्वीकृत गरेका छन् । पौडेलले आज नै काँग्रेससँगको सम्लग्नता छाड्न राजीनामा दिएका थिए । पौडेल गत विबाहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग हुन राजीनामा दिएका थिए । पौडेलको राजीनामा देउवाले आज नै स्वीकृत गरेका हुन् ।  सभापति देउवाले कांग्रेसको विधान अनुसार आजैका मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेका हुन् । 
राजीनामा स्वीकृत गर्दै देउवाले कांग्रेसमा लामो समयसम्म आबद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी सङ्गठनमा पौडेलले पु¥याएको अतुलनीय योगदानको उच्च सम्मान र कदर गरेका छन् । देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुनुहुने विश्वास लिँदै हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार