नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ भोलि दिउँसो १ बजे

आइतबार, फागुन २८, २०७९

काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएको चार दिनपछि रामचन्द्र पौडेलले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गरेको छ । 
राष्ट्रपतिले कार्यभार सम्हाल्नु अघि प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् ।  नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार