बस दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

आइतबार, फागुन २८, २०७९

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो छ ।
दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको   खुर्कोटस्थित  अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले  जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार