उपराष्ट्रपति उम्मेदवार छनोट गर्दा समावेशिता नविर्सन दलहरुलाई बाबुराम भट्टराईको सुझाव

शनिबार, फागुन २७, २०७९

काठमाडौं । आज  उपराष्ट्रपति पदको उम्मेम उम्मेदवारी मनोनयनका लागि सयम निर्धारण गरिएको छ । निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउन दलहरुलाई निर्देशन दिइसकेको छ । उसले पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता नै नगर्नेसम्म भनेको छ । आठ दलीय गठबन्धनले उम्मेदवारको छनोट गर्न लागेकै बेला पूर्वप्रधानमन्त्री एवम् डा.बाबुराम भट्टराईले उम्मेदवार छनोट गर्दा संविधान कानुनको स्पिरिट पनि ख्याल गर्न सुझाव दिएका छन् ।

babu1678499980.PNG

सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यस्तो सुझाव दिएका हुन् । जनता समाजवादी पार्टीले उसको संसदीय दलका नेता रामशहाय यादवलाई उपराष्ट्रपति बनाउने बताइरहेका बेला भट्टराईको सुझाव आएको हो । यद्यपी दलहरु याे नाममा पूर्ण सहमति भइसकेका छैनन् । डा. भट्टराईले लेखेका छन्, 'संविधानरकानूनको लेटर (रूप) र स्पिरिट (सार) दुवै  हेरेर निर्णय गर्नु पर्छ ।आफ्नो निजी-दलगत स्वार्थ हेरेर व्याख्या-निर्णय गर्नु लोकतन्त्रको हितमा हुन्न ! हाम्रो समावेसी संविधानमा प्रमुख पदहरूमा माथिदेखि तलसम्म लैंगिक र जातीय समावेसीता कायम गर्ने स्पिरिट हो । अतः उपराष्ट्रपतिको चयनमा नचुकौं !'

 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार