राष्ट्रपतिमा राप्रपाले कसलाई मत दिन्छ ? निर्णय लिन बोलायो बैठक

मंगलबार, फागुन २३, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको हो । 
बैठक बुधवार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने छ । राष्ट्रपति निर्वाचन, विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । तर, राप्रपाले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार