अब रास्वपा पनि तहगत संरचनामा, निर्वाचन क्षेत्र समिति गठन गर्दै

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ । केन्द्रीय राजनीतिमा महत्वपूर्ण उपस्थित देखाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब स्थानीय स्तरमा पनि संगठन विस्तारको कामलाई अघि बढाउने भएको छ । रास्वपा यसअघि केन्द्रीय राजनीति (प्रतिनिधिसभा निर्वाचन) मा मात्रै केन्द्रित थियो । उसले अब प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ । केही दिन पहिले सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागेको हो ।
रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिए ।  समितिमा रहनका लागि इच्छुक भएकाले आउँदो चैत महिनाको १५ गतेसम्म आवेदन दिनुपर्ने छ । पार्टीको एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि सो पार्टीले जनाएको छ । रास्वपाका सांसदहरुले आफ्नो क्षेत्रमा सदस्यता आवेदन दिन सकिने भन्दै आवेदन फर्मको नमूना राखेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार