चन्द्रागिरिको भालेश्वर मन्दिरमा पूजाअर्चना

मंगलबार, फागुन २३, २०७९

काठमाडौं ।  चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिले चन्द्रागिरि डाँडामा रहेको भालेश्वर मन्दिरमा परम्परागत पूजाअर्जना गरेको छ । स्थानीयस्तरबाट संरक्षण समितिले फागु पूर्णिमाका दिन वर्षेनी मन्दिरमा पूजाअर्चना गर्दै आएको छ ।

334483969_786412198999282_6217264603661891583_n1678140237.jpgसमितिका सदस्य हिरा लामाले हजुरबुबा धनबहादुर लामाको सम्झनामा त्रिशुल स्थापना गर्न चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिलाई हस्तान्तरण गरेका छन् । परापूर्वकालादेखि स्थानीय बासिन्दाले फागु पूर्णिमाको दिन विशेष धार्मिक महत्व बोकेको भालेश्वर मन्दिरमा नियमित पूजाअर्चना गर्दै आएको छन् । यसवर्षको पूजा कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगर,  प्रदेशसभा सदस्य यमुना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाका उपमेयर वसन्ती श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।

333594747_1267113237250019_4542828486172137771_n1678140237.jpg
स्थानीय सांस्कृतिक संघ संस्थाहरुको उपस्थितिमा भालेश्वर मन्दिरमा पूजाअर्चना गरिएको जानकारी चन्द्रागिरि भालेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बलामीले जानकारी दिए ।

333884995_230579942732513_7027036550406871361_n1678140244.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार