अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश

सोमबार, फागुन २२, २०७९

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन् ।
अभिनेत्री अधिकारीले गत भदौ २८ गते नै अंशचलनको मुद्दा दायर गरेकी थिइन् । उनीहरूबीच २०७४ सालमा विवाह भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार