गाडीको क्षमता ५ जना, तर चढे १३ जना 

ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते 

आइतबार, फागुन २१, २०७९

काठमाडौं । पूर्वी पहाडी जिल्ला ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ओखलढुङ्गा जिल्लाको चिशङ्खुगढी गाउँपालिकाबाट सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । 
दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परी ११ घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 
पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार