फेवातालमा डुंगा पल्टिदा घाइते भएकी वृद्धाको मृत्यु, आजमात्रै चारवटा डुंगा पल्टिए

शनिबार, फागुन २०, २०७९

पोखरा । पोखराको फेवातालमा शनिबार भएको डुंगा दुर्घटना परी एक वृद्धाको निधन भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १ की ७० वर्षीया याममाया गिरी रहेकी छन् ।
शनिबार साढे चार बजेको समयमा पोखरामा अचानक हावाहुरी चल्दा उनी सवार डुंगा दुर्घटनामा परेको थियो ।
डुंगाले च्यापिएकी उनको सशस्त्र प्रहरीको गोताखोरले उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेजमा पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
चैत–वैशाखको समयमा चल्ने हावाहुरीले वर्षेनी फेवातालमा हुने नौकाविहारलाई प्रभावित बनाउँछ ।
सराङकोट र पुम्दीकोटको खोंचमा रहेको फेवामा छाल आउँछ र त्यो छालले डुंगा पल्टाउने गर्छ । दुर्घटनाको जोखिम आंकलन गर्दै त्यहाँ सशस्त्र प्रहरीले गोताखोरसहितको टावर स्थापना गरेको छ ।

हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिए

हावाले फेवा तालमा ४ वटा डुंगा पल्टिएका छन् । शनिवार दिउँसो फेवा तालमा हावाले ४ वटा डुंगा पल्टिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
डुंगा पल्टिदा डुंगामा सवार एकजना घाइते भएको वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए ।
हावाहुरीले दुईवटा डुंगा र चार वटा कायाक (एक जना मात्र बस्न मिल्ने) पल्टाएको थियो । दुईवटा डुंगामा ६ जना सवार थिए । डुंगा घोप्टिएसँगै तालमा डुबेका १० जनाकै फेवातालमै रहेको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा रहेका गोताखोर सहितको टोलीले उद्धार गरेका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार