किन हामफाले रेष्टुरेन्टको ६ तलामाथिबाट माधव नेपालका भाइ ?

आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान
शनिबार, फागुन २०, २०७९

काठमाडौं । नेकपा एसका अध्यक्ष माधव नेपालका भाइ सरोजकुमार नेपालले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान गरेको छ । काठमाडौंको शंखमुलस्थित रेस्टुराँको छतमा रहेको टेबुलमा चढेर हाम्फालेको देखिएपछि नेपालले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।
‘करिब पाँच फिट अग्लो रेलिङ रहेको रेस्टुरेन्टको टेबलमाथि चढेर उनी हाम फालेको देखिएको छ’, प्रहरी स्रोतले भन्यो । तीन दिनदेखि सोही बबिन्स कफी नामक रेष्टुराँको छैटौँ तलाको बस्ने गरेका नेपालले शनिबार दिउसो २ बजेतिर छतबाट हाम्फालेका थिए ।
उनी गत मंगलबारदेखि शंखमूलस्थित उक्त रेष्टुराँमा जाँदै आएका उपाध्याय केही कुरा गर्दैनन् थिए । उनी एक्लै कफी र चुरोट पिउने गरेका थिए । ‘अपरान्ह एक प्लेट मःमः मगाएर खाएपछि वेटरलाई टिप्स दिएर फर्किने उनको दिनचर्या रहेछ, शनिबार भने उनी हाम्फालेको देखियो’, प्रहरीले भन्यो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले पनि उनी टेबुलमाथि चढेको देखिएको बताए।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार