सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै सुरु गरेको महाअभियानले आज काठमाडौंमा प्रदर्शन गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नामबाट प्रर्दशन गरेको हो । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् । पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ । महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने माग पनि प्रसाईँको छ । २० लाख भन्दा कमको ऋणको सावा ब्याज उठाउन आउनेलाई कालोमोसो दल्ने अभियानले घोषणा गरेपछि देशैभरका जिल्ला प्रशासन कार्यालयलाई सतर्कता अपनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।