डिशहोमले ल्यायो इन्टरनेटको नयाँ प्रविधि

नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा 
बिहीबार, फागुन १८, २०७९

काठमाडौं । डिशहोम फाइबर नेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स (IPV6) कार्यान्वयनमा ल्याएको छ । कम्पनीले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो । इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्यभूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आईपी एड्रेस जरुरत पर्दछ । इन्टरनेट प्रोटोकल भर्सन सिक्स (IPV6) त्यसैको नयाँ पुस्ता हो । 
विश्वभर भीफोर (IPV4) मा उपलब्ध सीमित आईपी एड्रेस वितरण भएर सकिए पछि आईपीभी सिक्स विकास गरिएको थियो । आईपीभी फोरमा ३.७ अर्ब युनिक आईपी एड्रेस रहेका छन्, जब कि आईपीभीसिक्समा आईपी एड्रेसको संख्या ३४०० खर्ब रहेको बताइन्छ । एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो हुन्छ । साथै सुरक्षाका दृष्टिकोणले समेत यसलाई बढी प्रभावकारी मानिन्छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार