संकटमा नेपाली यू १९ टोली

बिहीबार, फागुन १८, २०७९

काठमाडौं । नेपाल आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईविरुद्ध संकटमा पुगेको छ । आजमान इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४२।२ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको छ । नेपालका दीपेश कँडेल ५ रनमा क्रिजमा छन् ।
नेपालका कप्तान देव खनाल ८४ बलमा ३ चौका र १ छक्कासहित ५१ रनमा क्याच आउट हुन पुगे । देव स्पिनर अमर बदामीको बलमा कट खेल्ने धुनमा एज लागेर फस्ट स्लिपमा आयनबाट क्याच आउट भएका थिए । देवले कुवेतविरुद्ध १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
एक समय १९÷३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गरेका थिए । उत्तम स्पिनर आयन खान अफ्जलको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरालाई रोयल डक आउट गुमाएको थियो । बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड आउट गरेका थिए । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । अर्जुन स्पिनर हर्षितको बलमा क्याच आउट भएका थिए ।
हरितले नै आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड गरेपछि नेपाल १९(३ को अवस्थामा पुगेको थियो । देव आउट भएपछि विशालले इनिङ सम्हाल्ल खोजेका थिए । तर विशाल धेरै समय क्रिजमा टिक्न सकेनन् ।
आयन खानको बलमा विशाल विक्रम केसी ३८ रनमा एलबीडब्लू आउट भएपछि नेपाल संकटमा पुगेको छ । विशालले ५० बलमा ५ चौका प्रहार गरे । त्यसअघि मिलन बोहरा रनमा रन आउट भएका थिए ।
नेपाल यस खेलमा विजयी भएमा आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि पहिलो यू१९ विश्वकप खेल्ने सोचमा छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार