राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरे : माधव नेपाल

मंगलबार, फागुन १६, २०७९

काठमाडौं । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आधा–आधा कार्यकालका लागि प्रस्ताव गरेका कारण आफूले प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।
एकीकृत समाजवादीले कर्णालीमा गरेकाे प्रशिक्षणका लागि सुर्खेत गएका अध्यक्ष नेपालले राष्ट्रपति पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरिनु मुलुकका लागि राम्रो नहुने धारणा राखे ।
निर्वाचन अघिदेखि जोसँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको नेपालले बताए । ओली समक्ष नेकपा ब्युताउनुपर्ने कुरा आफूले राखेको  भएपनि उनले नसुनेकाे दाबी गरे ।

 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार