जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्दै सरकार

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ । सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ । मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
१० वर्षे जनयुद्ध र २०६२-६३ सालको जनआन्दोलनमा शाहदात प्राप्त गरेका सहिदको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्न लागेको हो । मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने पनि निर्णय गरेको छ ।
 

 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार