सरकार परिवर्तन हुने संकेत देखिएपछि नेप्सेमा सामान्य गिरावट, ठूला लगानीकर्ता हावी

सोमबार, फागुन १५, २०७९

काठमाडौँ । सरकार परिवर्तन हुने संकेत तथा सेयर खरिद गर्ने ठूला लगानीकर्ता हाबी हुँदा सेयर बजारमा तीव्र उतारचढाव देखिँदै आएको छ। हिजो र आजको शेयर बजारमा अधिकांश कारोबार समय सेयरको मूल्य घट्ने र कारोबार बन्द हुने समयमा बजार स्थिर देखिएको पाइयो । आइतबार सेयर बजार मापक (नेप्से) परिसूचक घटेर १९६१.२४ बिन्दुमा पुग्यो भने २०२९.६६ बिन्दुसम्म पुग्यो ।
आइतबार बजारमा ६८.४२ अंकको उतारचढाव देखिएको थियो । आइतबार कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.५५ अंकले बढेको थियो ।
सोमबार पनि सेयर बजारमा सोही प्रवृत्ति देखियो । कुनै समय सेयर परिसूचक २०४३.९९ बिन्दुमा पुग्यो भने घटेर १९९०.२७ बिन्दुमा पुग्यो । 
सोमबार बजारमा ५३.७२ अंकको उतारचढाव देखियो । आज कारोबार बन्द हुँदा नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा रोकिएको छ । 
आइतबार ०.१८ प्रतिशतले घटेको सेयर बजारमा १३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।
सोमबार ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
सेयर बजार घटे पनि स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेड, सामलिङ पावर कम्पनी र तारागाउँ रिजेन्सी होटल लिमिटेडले भने नाफा कमाएका छन् । 
यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने ६ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्सेका अनुसार, राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडेको ६।४३ प्रतिशतले मूल्य घटेको हो ।
आज हिमालय डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अरुण भ्याली हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १ लाख ५९ हजार ६९९ कित्ता सेयर कारोबार भएको छ ।  सबैभन्दा धेरै हिमालय डिस्ट्रिलरी लिमिटेडको १०३० पटक कारोबार भएको छ  ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह सात दशमलव २७, व्यापार समूह १२ दशमलव ६५ र अन्य समूह ११ दशमलव ८० अङ्कले बढेको छ ।
 आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९ दशमलव ३८ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक समूह १३ दशमलव ०८, वित्त समूह २८ दशमलव ४७ र जलविद्युत् समूह सात दशमलव ४१ अङ्कले घटेको छ । लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः शून्य दशमलव ३४, आठ दशमलव ९६ र २३ दशमलव ३७ अङ्कको गिरावट देखिएको पनि नेप्सले जनाएको छ ।
आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ७३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रू छ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार