ललितपुर ठेचोस्थित सोमाङ एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न 

आइतबार, फागुन १४, २०७९

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोस्थित सोमाङ एकेडेमीले विद्यालय परिसरमा विज्ञान प्रदर्शनी आयोजना गर्‍यो । विज्ञान प्रदर्शनी सोही परिसरमा सञ्चालित काठमाडौं इन्टरनेशनल स्टडी सेन्टर (केआइएससी) को सहयोगमा आयोजना गरिएको हो ।  विज्ञान प्रदर्शनीमा दैनिक जीवनसँग सम्बन्धित करिब ३० वटा स्टल राखिएका थिए । 

WhatsApp Image 2023-02-26 at 11.22.531677394077.jpeg
विज्ञान प्रदर्शनको गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले उद्घाटन गरेका थिए । 
विज्ञान प्रदर्शनी कार्यक्रममा गोदावरी नगरपालिका वडा नं १२ का वडाअध्यक्ष जगतबहादुर महर्जन र ललितपुर महानगरपालिकाका वडा नं २७ का वडाअध्यक्ष कृष्णहरि महर्जन विशेष अतिथिका रुपमा सहभागी भएका थिए । 

WhatsApp Image 2023-02-26 at 11.22.561677394074.jpeg
प्रदर्शनी उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका शिक्षा शाखा प्रमुख पन्थीले सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याएर दैनिक जीवनसँग परिचित गराउन सकेमा मात्रै ज्ञान र सीपले सार्थकता पाउने भन्दै प्रदर्शनीको सफलतालका लागि  शुभकामना दिएका थिए । 
विद्यालयका प्राचार्य राजकुमार योञ्जनको सभापतित्व आयोजना भएको उद्घाटना कार्यक्रमपछिको प्रदर्शनीलाई विद्यार्थी अभिभावकसहित करिब ६०० जनाले प्रत्यक्ष अवलोकन गरेका थिए । केआईएससीका विदेशी विद्यार्थी तथा शिक्षकहरूले अभिरुचीका साथ प्रदर्शनी अवलोकन गरी नेपाली विद्यार्थीलाई हौसला प्रदान गरेका थिए । 

WhatsApp Image 2023-02-26 at 11.22.52 (1)1677394078.jpeg
विज्ञान प्रदर्शनीमा सहभागी विद्यार्थीहरु पनि कक्षामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक तथा व्यवहारिक सीपमा रुपान्तरण गरी प्रदर्शन गर्न पाउँदा विद्यार्थी पनि  प्रशन्न र उत्साहित भएका थिए । 

WhatsApp Image 2023-02-26 at 11.22.491677394079.jpeg
विज्ञान प्रदर्शनमा कक्षा ४ का विद्यार्थीको पानीको साइकल, कक्षा ९ का विद्यार्थीको धुँवा फाल्ने चिम्नी तथा कक्षा १० का विद्यार्थीको जेसीबी एक्साभेटरको प्रस्तुतिलाई अवलोकनकर्ताले मनपराएका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा अवलोकनकर्ताले पानीको साइकल, धुँवा फाल्ने चिम्नी तथा जेसीबी एक्साभेटरको प्रयोग सिकाउने सिपलाई प्रदर्शनीकै उत्कृष्ठ स्टल भनी प्रशांसा गरेका थिए । 

WhatsApp Image 2023-02-26 at 11.22.541677394075.jpeg

WhatsApp Image 2023-02-26 at 11.22.581677394070.jpeg

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार