बागमती प्रदेशमा राप्रपाका तीन मन्त्रीले बुझाए राजीनामा

आइतबार, फागुन १४, २०७९

काठडमाडौं । बागमती प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष शनिबार साँझ राप्रपाका तीनै मन्त्रीले राजीनामा बुझाएका हुन् ।
शनिबार बसेको प्रदेश सभाको विशेष समयमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिने घोषणा गरेका थिए । प्रदेशसभा सकिएलगत्तै उनीहरुले राजीनामा बुझाएका हुन्।
राप्रपा बागमती संसदीय दलका नेतासमेत रहेका खानेपानी उर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।
केन्द्रको निर्देशनअनुसार बागमती प्रदेशका मन्त्रीहरुले पनि पदबाट राजीनामा दिएका हुन् । बागमती प्रदेशसभाका ११० सदस्यमध्ये राप्रपाका १३ सांसद छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार