सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका ७ मा आगोले जलेर दुईजना बालकको मृत्यु भएको छ । शुक्रबार साँझ ईन्द्र कुमारी पन्थाकको दुई तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा घरभित्र खेलिरहेका फिदिम नपा ५ घर भई मामा घरमा बस्दै आएका सन्तोष खातिको ४ वर्षीय छोरा निशान खाति र छिमेकी कुमार पन्थाकको ५ वर्षीय छोरा सेसे पन्थाकको आगोले जलेर मृत्यु भएको हो । जिप्रकाबाट गएको १० जनाको टोलीले स्थानियको सहयोगमा नियन्त्रणमा लिएको छ । आगोलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति यता तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए । नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो निभाउन भर्खरै फिदिम नगरपालिकाको दमकल घटनास्थल आइपुगेको छ ।