सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीप्रति आक्रोश पोख्न थालेका छन् । उनको आक्रोश राष्ट्रपति निर्वाचनमा माओवादीको साथ नपाउने भएपछि छचल्किन थालेको हो । आज उनले बालकोटस्थित निवासमा माओवादी प्रतिको आफ्नो आक्रोश प्रप्ट रुपमा देखाए । उनले पुस १० गते बनेको सात दलीय गठबन्धन सरकारमा खटपटको प्रष्ट संकेत पनि दिएका छन् । जनयुद्धमा सार्वजनिक बिदा दिने प्रचण्ड सरकारको निर्णयलाई पनि उनले अहिले आएर विरोध गरेका छन् । त्यति बेला एमाले तथा काँग्रेस बिदाको विषयमा मौन बसेका थिए । पार्टीका केही नेताहरुले बिदाको कडा आलोचना गरेपनि संस्थागत रुपमा पार्टीले केही बोलेको थिएन । बिहीबार बालकोटमा आयोजित ‘विश्व शान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले अहिलेको सत्ता गठबन्धन भत्कन सक्नेतर्फ पनि संके गरे । बिहीबार नै जन्मदिन मनाइरहेका ७२ औँ जन्मदिन मनाइरहेका ओलीले सम्बोधनका क्रममा नेपालभित्र आन्तरिक द्वन्द्व र आन्तरिक कलह अब नेपाली जनतालाई स्वीकार्य नभए बताए । ‘अब हामीलाई कुनै किसिमको कलह चाहिएको छैन । हामी हाम्रो देशको समस्या समाधान गर्न सक्षम छौ’ं, उनले भने, ‘अहिलेकै सरकार (पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको) ले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो ।’ ‘नेपाल जस्तो शान्तिप्रिय भनिएको देशमा हिंसा भयो। हिंसाको श्रृंखला टुंगिएका थिए, तर अझै हिंसाको धङधङी रहेछ’, उनले भने, ‘हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो । हिंसा दिवसलाई क्यालेन्डरमै राख्ने काम भयो। त्यसले अझै हिंसालाई मलजल गर्ने काम भयो ।’ उनले एमालेसमेत साझेदार रहेको प्रचण्ड नेतृत्वको सरकारले गरेको उक्त निर्णयमा प्रश्न उठाए । ‘सरकारले किन हिंसा दिवस मनाउने निर्णय गर्यो ?, उनले भने, ‘त्यो निर्णय आकष्मिक रुपमा गरेको थियो ।’