सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो

आइतबार, माघ २९, २०७९

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षाको सर्वेक्षण प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले दुई खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएको बताएका हुन् । 
अर्थमन्त्री पौडेलले चालु बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ बराबरको ल्याएका बजेट चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड ७७ लाखमा झारेका छन् । 
उनले १३ खर्ब ४१ अर्बको राजस्व सङ्कलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाएका छन् । उनले खर्च नहुने बजेट अर्थ मन्त्रालयमा समर्पण गरेर पठाउनुपर्ने बताए । 
अर्थमन्त्री पौडेलले चालु खर्चमा मिताव्ययिता कायम गरी खर्चलाई पुनः प्राथमिकीकरण गर्ने जानकारी दिए । उनले चालु खर्च १० खर्ब २१ अर्ब ९२ करोड ८४ लाख र पुँजीगततर्फ तीन खर्ब १३ अर्ब ८४ करोड १६ लाख र वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब १४ अर्ब २१ करोड ७७ लाख अर्थात् ९३।०५ प्रतिशत खर्च हुने अनुमान गरेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार