लामो समयपछि सेयर बजारमा उछाल, ७६.६४ अंकले बढ्यो

नेप्से कारोबार रकम ३ अर्ब ३६ करोड
मंगलबार, माघ २४, २०७९

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । पुँजी बजार मापक नेप्से परिसूचक ७६ अंकभन्दा बढीले बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से परिसूचक ७६.६७ अंकले बढेर २१७७.३४ विन्दुमा कारोबार बन्द भएको छ ।
मंगलबार ३.६५ प्रतिशतले बढेको सेयर बजारमा ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भएको छ । जसबाट ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा २१५ कम्पनीको सेयर मूल्य बढेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।
सेयर बजार बढ्दा ४ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२ दशमलव ७२ अङ्कले बढेर चार सय १४ दशमलव ८७ मा पुगेको छ । यस्तै, कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । कारोबार भएका कूल दुई सय १५ कम्पनीको शेयर मूल्यमा बृद्धि हुँदा एउटा मात्रै कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । 
विभिन्न कम्पनीका कूल ९३ लाख ३३ हजार सात सय ८८ कित्ता शेयर रू तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ मूल्यमा कारोबार भएको छ । आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ४२ अर्ब दुई करोड ३२ लाख ४४ हजार एक सय ८६ पुगेको छ । 
बरुण हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, रिडी विद्युत् कम्पनी र आर्दश लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । 
यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, आइसिएफसी फाइनान्स कम्पनीको ५।९० प्रतिशत प्रतिशतले मूल्य घटेको हो ।
आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको १२ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, न्यादी ग्रुप पावर लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । उक्त कम्पनीको ३ लाख ६२ हजार ४९४ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको २०१२ पटक कारोबार भएको छ ।
कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको शेयर रू १२ करोड ९२ लाख ४२ हजार सात सय २६ मा कारोबार भएको छ । यस्तै, न्यादी ग्रुप पावर रू ११ करोड तीन लाख ७० हजार पाँच सय ४४, अपि पावर कम्पनी रू नौ करोड ३९ लाख ९९ हजार आठ सय ३४ र हिमालयन डिस्टिलरी रू छ करोड ६४ लाख ७२ हजार एक सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार