९७ अर्बले बचतमा शोधनान्तर , चालु खाता घाटा साढे २९ अर्ब

छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण
सोमबार, माघ २३, २०७९

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा गएको छ । अघिल्लो वर्षको यस्तै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो ।
निश्चित समयावधिभित्र आवासीय र गैर(आवासीय व्यक्तिरसंस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो वर्ष चालु खाता भने २९ अर्ब ४७ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।
चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर १९।१ प्रतिशतले कम भएर ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड थियो ।

छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरकोे विप्रेषण भित्रिएको छ । 
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव नौ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ । 
अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ६४ दशमलव छ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ ।
वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा नौ दशलवम पाँच प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार  पाँच सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो । 
समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव सात  प्रतिशतले वृद्धि भई रु छ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार दशमलव चार प्रतिशतले घटेको थियो ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार