सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो 

सोमबार, माघ २३, २०७९

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार छ सय रुपैयाँ तोकिएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तय गरेको मूल्यसूची अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ छ ।  अघिल्लो दिन यसको मूल्य एक लाख तीन हजार छ सय रुपैयाँ थियो । 
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय २० कायम रहेको छ । महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार