नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयशम्शेर राणाको निधन

आइतबार, माघ २२, २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।  नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी ९५ वर्षका थिए । निमोनियका कारण राणाको निधन भएको हो । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए । 
हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिव हुन् । उनका दुई छोरा र दुई छोरी छन् । 
‘राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । 
उनले ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र अर्थमन्त्र पौडेलले ट्वीट गर्दै राणाको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । 
“नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु”, अर्थमन्त्री पौडेलले भनेका छन् । 
 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार