ज्येष्ठ नागरिकको स्याहार सिकाउने गोदावरी नगर पहिलो स्थानीय तह

नगरले दियो महिला स्वास्थ्यस्वयसेविकालाई ताालिम
शनिबार, माघ २१, २०७९

ललितपुर । गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिकको स्याहारसम्बन्धी कुरा बुझाउन नगरभित्रका महिला स्वास्थ्य स्वयसेविकालाई तालिम दिएको छ । नगरपालिकाले ज्येष्ठ नागरिकको रोग र स्वास्थ्य समस्याबारे बुझ्न सजिलो होस् भन्दै महिला स्वास्थ्य स्वयसेविकाकालाई   १ दिने तालिम आयोजना गरेको हो ।
गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जनले महिला स्वास्थ्यस्वयसेविकाहरु नगरबासीको नजिकको ‘डाक्टर’ भएको बताए । उनले तालिम दिनुको उद्देश्य प्रष्ट पार्दै भने, ‘ उहाँहरु नागरिकको समस्या र अप्ठ्यारोलाई छिटो बुझ्नु हुन्छ, उहाँहरुलाई दिएको यो तालिमले ज्येष्ठ नागरिकको रोग र समस्या बुझ्न सहयोग पुग्छ, स्याहारबारे बुझाउनसजिलो हुन्छ ’नगरले पूर्वाधार निर्माणसँगै नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेको नगरप्रमुख महर्जनले बताए । उनले ज्येष्ठ नागरिक स्याहार सम्बन्धी महिला स्वास्थ्य स्वयसेविकालाई तालिम दिने गोदावरी नगरपालिका पहिलो स्थानीय तह भएको दाबी गरे ।

329309528_1219543605620531_5308325129136470076_n1675524199.jpg
ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर उमेश बोगटीले ज्येष्ठ नागरिकको समस्या र रोगप्रति गोदावरी नगरपालिका सवेदनशील भएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘ स्थानीय सरकार ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति सवेदनशील हुनु राम्रो कुरा हो ।’ कार्यक्रममा दिएको जानकारी अनुसार ६५ वर्ष भन्दा माथिका ८५ प्रतिशत ज्येष्ठ नागरिकहरुमा १ दीर्घ रोग हुन्छ । ८५ वर्ष भन्दा माथिका ६० प्रतिशत ज्येष्ठ नागरिकहरुमा २ वा २ भन्दा बढी दीर्घ रोगहरु हुन्छन् ।

329400367_926142425185810_6209137601271504396_n1675524200.jpg
६५ देखि ७४ वर्षका १७ प्रतिशत ज्येष्ठ नागरिकहरुमा कार्यक्षमता कमी हुन्छ । ७५ देखि ८४ वर्षका २० प्रतिशत ज्येष्ठ नागरिकहरुमा २० प्रतिशत कार्यक्षमता कमि हुन्छ । चिकित्सकहरुका अनुसार ज्येष्ठ नागरिकहरुमा उच्चरक्तचाप, मधुमेह, हाडजोर्नी दुख्ने समस्या हुन्छ ।  त्यसैगरी विस्मरण, मानसिक तनाव, डिप्रेसनबाट पनि ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिएको छ ।

329270791_578672224138956_843896255212181605_n1675524201.jpg
डाक्टर उमेश बोगटीले ज्येष्ठ नागरिकको ठीक तरीकाले स्याहार सुसार गर्न परिवारको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे । उनले‘स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले नीति नियम बनाएर स्याहार सुसारमा सबैलाई जिम्मेवार बनाउन सक्छ, ज्येष्ठ नागरिकको हितसम्बन्धी कार्यक्रम समेत ल्याउन सकिन्छ ।’ विशेषगरी घरको वातावरण र स्वास्थ्यले ज्येष्ठ नागरिकको स्वास्थ्यमा असर पर्ने बताए ।
ज्येष्ठ नागरिकको स्याहार गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा पोषण हो । विभिन्न रोग विरुद्ध लगाइने खोपले पनि ज्येष्ठ नागरिकलाई निरोगी बनाउन सकिन्छ । अन्तरपुस्ताबीचकोे सहकार्य र संवादले ज्येष्ठ नागरिकलाई निरोगी बनाउँछ । घर निर्माण गर्दा ज्येष्ठ नागरिकमैत्री घर निर्माण गर्नुपर्छ । भान्सा नजिकै उनीहरुको कोठा हुनुपर्छ ।  ज्येष्ठको कोठा उज्यालो र घाम छिर्ने हुनुपर्छ ।

329019875_1141270066535659_1663872950115319526_n1675524202.jpg
उक्त तालिम किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान, जेरियाट्रिक सोसाइटी अफ नेपाल लगायतका संस्थाको सहआयोजनामा सम्पन्न भएको थियो थियो ।  गोदावरी नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत घरमा घरमा पुगेर ज्येष्ठ नागरिकको उपचार गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार