झिनो अंकले बढ्यो नेप्से, २४ दिनयताकै न्यून कारोबार

बुधबार, माघ १८, २०७९

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । झिनो अंकले बढेको बजारमा कारोबार रकम भने घटेको हो । अघिल्लो कारोबार दिन १५.७० अंकले घटेको बजारमा २ अर्ब ७९ करोड कारोबार भएको थियो । आज कारोबार १ अर्ब ७६ करोडमा सीमित भएको छ। यो कारोबार रकम पछिल्लो २४ कारोबार दिनको तुलनामा सबैभन्दा कम हो । पुस ७ गते नेप्सेमा १ अर्ब ८ करोडको कारोबार भएको थियो। पुस ७ गतेपछि दैनिक २ अर्ब बढीको कारोबार हुँदै आएको थियो । 
बुधबार नेप्से ४.९७ अंकले बढेर २ हजार ११६ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका २६१ कम्पनीको ५० लाख २४ हजार पटकको कारोबार हुँदा १ अर्ब ७६ करोडको कारोबार भएको छ।  आज आर्दश लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स ८.२८ प्रतिशत र इष्टर्न हाइड्रोपावरको सेयरमूल्य ६.१७ प्रतिशतले बढेको छ।  त्यसैगरी नेपाल बैंकको सर्वाधिक ५ करोडको कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार