मलेसियाका गृहमन्त्री भोलि नेपाल आउँदै

बुधबार, माघ १८, २०७९

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल बिहीबार नेपाल आउने भएका छन् ।  हालै श्रम बजारमा ५ लाख श्रमिक भित्र्याउने जनाएको मलेसियाले नेपाली श्रमिक लैजाने विषयमा नेपाल सरकारसँग छलफल गर्ने भएको हो । शुक्रबार बिहान १० बजेदेखि श्रम मन्त्रालयको टोलीसँग यस विषयमा छलफल हुने कार्यक्रम राखिएको छ ।  गृहमन्त्री इजमाइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेको श्रम मन्त्रालयका सहससचिव प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन्। 
मलेसियाले खासगरी नेपाली सुरक्षा गार्ड लैजाँदै आएको छ । उनीहरुलाई नेपालमै तालिम दिने विषयमा गृह मन्त्रीसँग छलफल हुनेछ। मलेसियाले नेपालमै सुरक्षागार्डको तालिम दिने विषयमा पनि नेपाल सरकारसँग छलफल गर्नेछ ।
अदक्ष श्रमिक लैजाँदा समस्या देखिएको भनदै मलेसिया जाने सुरक्षागार्डलाई यहीँ तालिम लिएर जाने र त्यसका लागि नेपालमा तालिम केन्द्र स्थापना गर्ने प्रस्ताव मलेसियाले गर्नेछ ।  यस्तै यसअघि नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताको विषयमा पनि दुई देशबीच छलफल हुने भएको छ। 
‘हामी मलेसियामा नेपाली श्रमिकका अधिकारका विषय उठाउँदैछौं । त्यहाँ श्रम मैत्री वातावरण, समान पारिश्रमिकका कुरा र यसअघि भएको सम्झौता कार्यन्वयनमा हाम्रो जोड रहनेछ’, प्रवक्ता घिमिरेले भने। 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार