पेट्रोल र डिजेलको मूल्य बढेर आयो, ग्यासको मूल्य भने ७५ रुपैयाँ घट्यो

बुधबार, माघ १८, २०७९

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ । तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने उसको भनाइ छ । हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार