सूनको मूल्य पाँच सय रुपैयाँ घट्यो

मंगलबार, माघ १७, २०७९

काठमाडौँ । खरिद गर्ने भन्दा बेच्ने ग्राहक बढिरहेका बेला सुनको मूल्यमा मंगलबार थोरै उतार चढाव आएको छ । अहिले सुन बजारमा किन्ने भन्दा आफूसँग भएका सुनका गहना बेच्ने ग्राहकको संख्या बढ्दो छ । कोरोना महामारीका कारण भइरहेको कारोबारमा मन्दि तथा आर्थिक तरलता कारण घर खर्च चलाउनकै कालागि खरिद गर्ने भन्दा सुन बिक्री गर्ने ग्राहक बढि हुन थालेका छन् । यस्तोमा आज मंगलबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ । यो मूल्य अघिल्लो दिन एक लाख पाँच हजार आठ सय रुपैयाँ थियो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम रहेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार