भेटिए दुई हजार दुई सय ८५ कुष्ठरोगका बिरामी 

शुक्रबार, माघ १३, २०७९

ललितपुर । चालु आर्थिक वर्षमा मुलुकभर दुई हजार दुई सय ८५ कृष्ठरोगका बिरामी भेटिएका छन् । 
द लेप्रोसी मिसन नेपालले लेलेको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा आज ७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजना गरेको ‘कुष्ठरोग सम्बन्धि अन्तरक्रिया र पत्रकार सम्मेलन’ मा चालु आर्थिक वर्ष २०७८÷०७९ मा उक्त संख्यामा बिरामी भेटिएका जानकारी दिइएको हो । 
मिसनका कुष्ठरोग विशेषज्ञ डा. प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा सो रोगका बिरामी रहेका भनाइ राख्दै चालु आवमा १६ जिल्लामा सो रोगका बिरामी भेटिएका बताए । उनले भने, “विशेष गरी तराईका जिल्लामा यस रोगका बिरामी देखिने गरेका छन् । बाक्लो बस्ती भएको स्थानमा बढि मात्रामा यस रोगका बिरामी भेटिएका हुन् ।” 
झापा, मोरङ्, सिराहा, बारा, पर्सा, धनुषा, महोतरी, सलाही, रौतहट, बारा, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अक्षाममा सो रोगका बिरामी हाल रहेका नापितले जानकारी दिए । 

325087900_2008915642612517_5038011675811596384_n1674819083.jpg
ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले मुलुकमा लगभग तीन वर्ष अघि भित्रिएको कोरोना महामारीपछि ललितपुर जिल्लामा पनि सो रोगका बिरामी बढेका भनाइ राखे । उनले भने, “यो रोग अन्त्यका लागि ललितपुरमा रहेका महिला स्वास्थ्य स्वयंसेवीकाका साथै जनप्रतिनिधि मिलेर निर्मुल गराउन लाग्नुपर्ने देखिन्छ ।”
अस्पतालका मेडिकल डाइरेक्टर डा. महेश शाहले आफूहरुले सो अस्पतालबाट कुष्ठरोगको साथसाथै अन्य उपचार सेवा पनि दिने गरेको बताए । उनले भने, “यस अस्पताल दक्षिण ललितपुरका तीन गाउँपालिकावासीको उपचार गर्ने केन्द्रविन्दु रहेकाले हामीले छाला तथा हाड जोर्नी र दन्त चिकित्सा आदि सम्बन्धि विभिन्न उपचार गर्ने गरेका छौं ।” 

325087900_2008915642612517_5038011675811596384_n1674819083.jpg
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार नगरे भयाभहको स्थिति सिर्जना नहुने धारणा राख्दै समयमै ध्यान दिन आग्रह गरे । उनले भने, “यस अस्पतालले कोरोना महामारीका बेला उक्त सङ्क्रमणका बिरामीलाई उपचारमा सहयोग गरी नगरपालिकाको समस्या समाधानमा विशेष सहयोग गरेको छ ।”
नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यालयका विद्यार्थी वर्गमाझ पनि कुष्ठरोग र यसको उपचार बारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिइन् । 
मिसनका देशिय निर्देशक सोभाकर कँडेलले वर्षमा दुईदेखि तीन हजार कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेका जानकारी दिँदै रोग मुक्त नेपालका लागि हामी सबै क्षेत्रका मानिस मिलेर अघि बढ्नुपर्ने औँल्याए । 

325804890_676626560883711_5956790409838423029_n1674819080.jpg
वि.सं २०१३ सालमा तत्कालीन राजा महेन्द्र शाह भारत भ्रमणमा जाँदा आनन्दवन भन्ने सो रोगका बिरामी उपचार गर्ने संस्था देखेपछि नेपालमा पनि उक्त तवरको अस्पताल चाहिन्छ भनी २०१५ सालमा लेलेको आनन्दवन अस्पताल स्थापना गरेको कार्यक्रममा जानकारी दिइयो ।  यो अस्पतालमा मुलुकभरका कुष्ठरोगका बिरामी उपचार गर्न आउने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार