कर्जा तिर्न आनाकानी, पत्रकार तगारो ?

सोमबार, माघ २, २०७९

काठमाडौं । राजधानीमा फैलिएको थुप्रै व्यवसायको छाताघरकै रुपमा चिनिएको एक व्यवसायीक गृहका सञ्चालक आफूले तीनै व्यवसाय सञ्चालन गर्न बैंकबाट लिएको कर्जा रकमको सावाँ–व्याज तिर्न आनाकानी गर्दै आफ्नै स्वामित्वमा रहेको मिडीयाका हर्ताकर्ता पत्रकारलाई अघि सारेर वैंक र व्यवसायीबीच तगारोका रुपमा उभ्याएको खबर छ ।
केही वर्षअघि आर्थिक रुपमा झण्डै डुबिसकेर फेरि उत्रिँदै गरेका शाक्य थरका ति व्यवसायी विभिन्न बैंकसँग भइरहेका पछिल्ला क्रियाकलापले विवादमा तानिएका छन् । रियल स्टेटदेखि हाउजीड्गसम्म, सहकारीदेखि अस्पतालसम्म, कन्ट्रक्सन कम्पनीदेखि इन्जीनियरिड्ग कलेजसम्म, होटलदेखि हाइड्रोसम्म, टेलिभिजनदेखि फिल्मसम्म, एअरलाइन्सको व्यवसायदेखि सेवक हुँदै मल सञ्चालकसम्म उनको लगानीका व्यवसाय हुन्, जहाँ प्रत्यक्ष–अप्रत्यक्ष चासोमै उनको दैनिकी बित्ने गर्छ ।
सन् १९८४ देखि सुरु गरिएको उनको व्यवसायीक क्रियाकलाप झण्डै ४ दशकसम्म आईपुग्दा दर्जन बढी पुगिसकेको अवस्था छ । आर्थिक दायित्वको कुरा गर्नु पर्दा यस बीचमा ती व्यवसायका सञ्चालकले निकै उतार चढाव भोगिसकेका छन् । झण्डै–झण्डै डुबी सकेका उनी उत्रिसकेको नभए पनि उत्रने तरखरमा भने देखिन्छन् । तर, आर्थिक रुपमा डुब्नै लागेका उनी उत्रने कार्यमा भने केही व्यवसायीक मर्यादा अनी थोरै वैंकिड्ग नियम भने उल्लंघन गर्दै अघि बढीरहेको बताइन्छ ।
आफ्नै लगानी रहेको आफ्नै लगानीको मिडीयाका प्रस्तोता समेत रहेका हर्ताकर्ता पत्रकारलाई प्रयोगमा लिएका उनले जुनजुन बैंकबाट कर्जा लिएका छन्, त्यो बैंकका सिईओ र राष्ट्र बैंकका प्रभावकारी अधिकारी समेतलाई प्रभाव वा दबाबमा पार्न पत्रकार अघि सरेपछि यतीबेला बैंकका सिईओ समेत अफ्ठ्यारोमा परेको बताइन्छ ।
नाम र पहिचान नखुलाउने शर्तमा एक बैंकरले गुनासो थियो, ुव्यावसायीले बैंकबाट कर्जा लिएर व्यावसायमा लगाउनु एउटा प्रकृया नै हो । तर, बैंकलाई तोकिएको अवधिअनुसार तिर्नु वुझाउनु पर्ने साँवा(व्याजमा आफ्नो संस्था र पत्रकारको प्रभाव देखाउन खोज्नु गलत हो । यसले पत्रकारको दोहोरो चरित्रसंगै ऋणी, व्यावसायी र बैंक विचको सम्वन्धमा असर पुराउँछ भन्ने तर्फ पनि ख्याल गर्नु पथ्र्यो ।ु
पत्रकारिताको आचारसंहिताले नै नदिने अनी मर्यादाभन्दा पनि बाहिर गएर आफ्नो जागिरे संस्थाकै मालिकलाई सहयोग गर्ने हेतुले जाने बुझेरै वा प्रभाव, प्रलोभन परेर एउटा सिनियर पत्रकार अघि बढेका हुन् रु यस बारेमा खोजतलास हुनै पर्ने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार