नेपालमा नदेखिएको कोरोनाको नयाँ भेरियन्ट बीएफ ७ बाट  छिमेकी देशहरूमा धेरै संक्रमित

शनिबार, पुस ९, २०७९

काठमाडौं । छिमेकी देशहरूमा पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ को संक्रमण दर दिनानुदिन बढ्दै गएको छ । खासगरी चीन र भारतमा यसको संक्रमण वृद्धि भएकाले नेपालमा पनि जोखिम बढेको छ । बीएफ ७ ओमिक्रोनको सबभेरियन्ट हो । प्रारम्भिक प्रतिवेदनानुसार यो भेरियन्टले छोटो समयमा धेरै व्यक्तिहरूलाई संक्रमण गर्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, यो नयाँ भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
छिमेकी राष्ट्रहरुमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि हँुदै गएको र प्रारम्भिक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवम् नियन्त्रणका लागि सबै सजग एवम् सचेत हुन जरुरी छ । इसाई धर्मावलम्बीको महान् पर्व क्रिस्मस तथा अङ्ग्रेजी नयाँ वर्ष, २०२३ नजिकिँदै गरेको अवस्थालाई दृष्टिगत गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न÷गराउन साथै कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाहरुले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन मन्त्रालयले अपिल गरेको छ ।
“विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिम अझै कायम रहेको अवस्था छ । छिमेकी राष्ट्रहरूमा यसको नयाँ भेरीयन्ट बीएफ ७ को संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ,” मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ, “प्रारम्भिक प्रतिवेदनानुसार कोभिड–१९ को यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिहरूलाई संक्रमण गर्ने देखिएको छ । छिमेकी मुलुकहरूमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि भएको छैन ।”
खुला सिमाना र मानिसको आवतजावतका कारण नेपालमा पनि यो संक्रमणको जोखिम रहेको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयलका अनुसार कोरोना पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट नेपाल भित्रिने यात्रीको ज्वरो नाप गर्ने, शंकास्पद व्यक्तिहरूको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्यहरू भइरहेको छ ।
कोभिड–१९ पोजिटिभ भएका तथा लक्षण देखिएका व्यक्तिहरूलाई स्वास्थ्यकर्मीको सल्लाहअनुसार होम आइसोलेसन र अस्पतालमा भर्ना गरी उपचार गर्ने कार्य पनि भइरहेको छ ।
मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेजस्ता जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्नरगराउन आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार