राउटे  , चेपाङहरु कृषि सहकारी संस्थामा  आबद्ध छन्  :   राष्ट्रिय सहकारी महासंघका अध्यक्ष  मिनराज कँडेल

पुष्पाञ्जली बचत  तथा ऋण सहकारी संस्थाको  १३  औँ वार्षिक साधारण सभा सम्पन्न  
शनिबार, पुस २, २०७९

ललितपुर ।   राष्ट्रिय सहकारी महासंघका  अध्यक्ष मिनराज कँडेलले गोदावरी नगरपालिका ११ चापागाउँमा रहेको   पुष्पाञ्जली बचत  तथा ऋण सहकारी संस्थाको  १३  औँ वार्षिक साधारण सभालाई  सम्बोधन गर्दै  उनले  नेपालको अर्थतन्त्रको  विकासमा सहकारी संस्थाले  महत्वपुर्ण योगदान पुर्‍याएको  बताएका छन्  । उनले  सहकारी संस्थाले नेपाली संस्कृति ,रहनसहन , रोजगार र आर्थिक समृद्धिमा उल्लेखनीय भुमिका खेलेको स्पष्ट पारे । उनले भने डडेलधुराका  राउटे  र मकवानपुरका  चेपाङहरु पनि कृषि सहकारी संस्थामा  आबद्ध भएर मौरी पालन  तथा  तरुल गिठा भ्याकुर खोजेर  शहरका ठुला होटलहरुमा सहकारी संस्थाहरुको  मार्फत विक्री गरीरहेको  उदारहण  सभामा  पेश  गेरेका थिए । उनले  पुष्पाञ्जली साकोसमा  ५५ प्रतिशत भन्दा बढी महीलाहरु  शेयर  सदस्य भएकोमा खुसी व्यक्त गरेका छन्  । उनले धेरै सहकारी संस्थाहरु भएर मात्र  नहुने  सहकारी  संस्थाहरुको  आर्थिक पक्ष राम्रो हुनु  पर्नेमा  जोड दिदै गोदावरीका सहकारी संस्थाहरु पनि मर्ज गर्दै लैजानुपर्ने धारणा  राखे  ।  318188204_1268838807010903_7533765057774259331_n1671290715.jpg


पुष्पाञ्जली बचत  तथा ऋण सहकारी  संस्थाका सल्लाहकार रविन्स घिमिरेले  पछिल्लो समयमा सहकारीहरुमा  विकृती देखा परेकाले   संस्थालाई  राम्रो बनाउन सबै सरोकारवाला र सम्बन्धित पक्षहरुको  ध्यान जानु पर्नेमा जोड दिए ।  संस्थाका अध्यक्ष नवराज घिमिरेले आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै असार मसान्त सम्म शेयर पुजी ३ करोड १५ लाख ४३ हजार ८ सय तथा  आज सम्म ११ सय शेयर सदस्य रहेको  बताउदै  अर्को आर्थिक  वर्षमा  १३ सय शेयर सदस्य पुर्‍याउने लक्ष्य रहेको  बताए । संस्थाले कर्मचारी , जेष्ठ सदस्य र एसइइ र प्लस टु  पास  गर्ने शेयर सदस्यका  छोरा छोरीलाई  सम्मान गरेको थियो ।  

 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार