ललितपुर-१ का उम्मेदवार सचिन घिमिरेले सुरु गरे सत्याग्रह

निवर्तमान सांसदले खर्च गरेको बजेटको आयव्यय सार्वजनिक गर्नुपर्नेदेखि बाँदर नियन्त्रणसम्मका माग  
मंगलबार, कात्तिक २९, २०७९

ललितपुर । ललितपुर क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. सचिन घिमिरे सात सुत्रीय मागसहित सत्याग्रहमा बसेका छन् । ललितपुर क्षेत्र नं १ को टाखेल चौतारामा उनी आज बिहानदेखि सत्यग्रहमा बसेका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउँन अब ६ दिन मात्रै  बाँकी छ ।

315519778_670900761305022_6213454223448804344_n1668489543.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्न लिएर ललितपुर क्षेत्र १ बाट उम्मेदवारी दिएका  डा. घिमिरेले यो क्षेत्रका निवर्तमान संसदले ल्याएको बजेट र खर्च गरेका रकमको आय ब्यय सार्वजनिक गर्नुपर्ने, गोदावरी नगरपालिकाले तत्काल बाँदर ब्यबस्थापन गर्नु पर्ने, टाखेल चौतारा नजिक विद्युतको ट्रान्सर्फमर रुखमा छोएकोले तत्काल रुख काट्नु पर्ने, चौघरेको गोमा थिङ र चन्द्रबहादुर तामाङको आर्थिक अवस्था कमजोर भएकोले स्थानीय सरकारले प्रबिधि शिक्षा निसुल्क गरिदिनु पर्ने,आस्राङ लुकुनीबेसी स्थायी बासिन्दा भोज कुमारी सञ्जेलका दुई नाता नातिनीको स्थानीय सरकारले लालनपालन र आवश्यक शैक्षिक खर्च ब्यबस्थापन गरिदिनु पर्ने, घुडाका रोगी कोन्ज्योसोमका दल बाहादुर बिश्वकर्मा, सुमन घेवा तथा बागमती माल्टाका स्मारिका मिश्र सहितको उपचार स्थानिय सरकारले तत्काल गर्नु पर्ने र गोदावरी नगरले किसोरिलार्इ खुवाएको आइरन चक्किको जनस्वास्थ्य औचित्य प्रमाणित गर्नुपर्ने माग राखेर सत्यग्रहमा बसेका हुन् । 315503740_2967459933557822_7111196266171145491_n1668489550.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार