पत्रकार महासंघ  ललितपुर  शाखाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न 

 सात बुँदे घोषणा पत्र जारी
शनिबार, कात्तिक २६, २०७९

  ललितपुर ।   नेपाल पत्रकार महासंघ  ललितपुर  शाखाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । पत्रकार महासंघका केन्द्रीय सचिव रोशन पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।  सचिव पुरीले मंसिर ४ गते हुने निर्वाचनमा  पत्रकारहरुलाई सहज रुपमा समाचार संकलन गर्न सहज बनाउन निर्वाचन आयोग र सरकार सँग छलफल गरेको बताए । उनले भने निर्वाचन सचेतना  सम्बन्धि विज्ञापन सबै खालका मिडियालाई दिने व्यवस्था गर्न  केन्द्रले आयोग सँग छलफल गरी कार्यान्वयन गरेको बताए । 314989396_648664110035379_6983001183227487683_n1668270079.jpg315205649_595305405684559_4247060137749349279_n1668270042.jpg
पत्रकार महासंघका  केन्द्रीय सदस्य ज्ञान प्रसाद पौड्यालले  विगतका  वर्षमा पत्रकार महासंघको कार्यालयको भाडा आफुले खल्ती बाट पैसा तिरको अनुभव सुनाए । उनले भने  अहिले व्यवस्थित भएको छ ।  लतितपुरको  पत्रकारिता बाँसको झाङँ  मुनिको  बाली जस्तै भएको उदाहरण  पेश गरे  । उनले भने  ललितपुरको पत्रकारिता ठुला मिडियाको  छाँयामा छ । 315302138_457840323087169_3021811511203187630_n (1)1668270905.jpg313107662_1570498243379142_7036684145222482260_n1668270177.jpg
पत्रकार महासंघ  ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले साना लगानी र स्वरोजगार मिडियाको विकास तथा पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघ लागिरहेको बताए । उनले भने  ललितपुरमा २२ वटा सरकारी कार्यालय तथा ६ वटा स्थानीय तहमा सहकार्य गर्न  हामी लागि परेका छौ उनले भने ।  अध्यक्ष न्यौपानेले अन्य जिल्लाको भ्रमण गर्दा महासंघको लागि ५लाख  भन्दा धेरै बजेट विनियोजन गरेको  बताउँदै उनले  ललितपुरका स्थानीय तहले कुनै पनि खालको बजेट नछुट्याएकोमा गुनासो गरे । साधारण सभाले अध्यक्ष , सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरी ७   बुँदे  घोषणा पत्र जारी गरेको छ ।   315495839_475869004388615_7409684874996422138_n1668270590.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार