‘सेन्टमेरिजले विद्यार्थीलाई चुनौती सामना गर्ने कला र सामर्थ्य सिकाएको छ’ 

सेन्टमेरिजका विद्यार्थीले प्रस्तुत गरे गीतसंगीत मार्फत आफनो क्षमता 
आइतबार, कात्तिक २०, २०७९

ललितपुर ।  अभिभावक दिवस कार्यक्रममा उद्घोषण गर्ने जिम्मेवारी पाएकी कक्षा पाँचकी विद्यार्थी प्रगति खनालले कार्यक्रमकी प्रमुख अतिथि शिवानी बस्नेतलाई स्टेजमा बोलाइन्, त्यसपछि छुट्यो, तालीको परर्रा। शिवानी बस्नेत सेन्टमेरिजकी ती विद्यार्थी थिइन्, जो पाँच कक्षामा पढ्दा मन्तव्य राख्न स्टेजमा पुगिन्, तर उनको आवाज निस्केन  । शिवानीको आवाज ननिस्केपछि नेपथ्यबाट ढाडस दिदैं एक शिक्षिकाले भनिन्, ‘शिवानी बोल, बोल शिवानी बोल ।’ हो, त्यतिबेला स्टेजमा पुगेपछि बोली बन्द भएकी शिवानी बस्नेत शनिवार सेन्टमेरिज स्कूलको अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथि थिइन् । सरकारी सेवामध्ये उत्कृष्ट परराष्ट्र मन्त्रालयमा उपसचिव पदमा कार्यरत छिन् उनी ।

313262402_494389752723213_7194599426975890977_n1667720779.jpg 
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा विगतलाई यसरी सम्झिइन् शिवानीले । ‘म त्यही व्यक्ति हुँ, त्यो बेलाको यही स्कुलको स्टेजमा आवाज निस्कन गाह्रो परेको म, आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको प्रतिनिधित्व गर्दै बोलिरहेको छ,राष्ट्रका तर्फबाट प्रतिनिधित्व गरिरहेको छु । द्विपक्षीय तथा बहुपक्षीय वार्ता, संवाद र नेगोसिएसनमा राष्ट्रको तर्फबाट प्रतिनिधित्व गरिरहेको छु, यसमा मेरो मेहनतका साथै मेरो अभिभावकले पुर्‍याएको योगदान तथा स्कुल एवं शिक्षक वर्गले गरेको त्याग र समर्पणको प्रतिफल हो भन्ने ठान्दछु,’ शिवानीले भनिन् । शिवानीको मन्तव्य सुनिरहेकाहरु अभिभावक, विद्यालयका शिक्षकहरु नमस्तक थिए । 

314356053_494388296056692_5247809768388749313_n1667720782.jpg

आफ्नो गौरवपूर्ण वर्तमान निर्माणमा सेन्टमेरिज स्कुलको योगदान महत्वपूर्ण रहेको उनले बताइन् । उनले भनिन्, ‘मेरो यो गौरव, योग्य वर्तमानको निर्माणमा सेन्ट मेरिज स्कूलको योगदान अविस्मरणीय र अतुलनीय छ । स्कुलले सिकाएको अनुशासन, नैतिकता र इमान्दार बन्नुपर्ने मानव जीवनको महत्वपूण नियमका कारण अ आज म सरकारी सेवाकै सर्वोत्कृष्ट मानिएको परराष्ट्र सेवाको उपसचिव भएको छु । मेरो यो गौरवयोग्य वर्तमानको निर्माणमा सेन्ट मेरिज स्कुलको योगदान अविस्मरणीय र अतुलनीय छ ।’

313207509_494388292723359_152751005903583987_n1667720781.jpg

त्यसो त शिवानी पढाइका हिसावले सो विद्यालयकी औसत छात्र थिइन् । आसैत छात्र भएपनि आफ्नो सफलतामा स्कुलले सिकाएको संस्कार र मिहेनत गर्न दिएको प्रेरणा प्रमुख भएको उनको भनाई थियो । औसतबाट अब्बल विद्यार्थीको दर्जामा गणना हुन उनी निकै मिहेनत गर्थिन् । लोकसेवा परीक्षा दिने क्रममा पो उनले थाहा पाइन् आफू औसत विद्यार्थीबाट अब्बल भएको । ‘लेख्नेशैली,मिहेनत गर्ने बानीले मेरो जीवनमा ठूलो प्रभाव पारेको रहेछ,त्यसदिन म लोकसेवा परीक्षाका सबै प्रश्नका उत्तरहरु सहजरुपमा समाधान गर्दै एक औसतबाट अब्बल विद्यार्थीका रुपमा स्थापित भएँ ।’ सेन्टमेरिज स्कूल र यहाँका शिक्षकले मिहेनतको विकल्प मिहेनत नै हो भन्ने सिकाएको उनले बताइन् । त्यसको प्रभाव आफूमा गहिरोसँग परेको शिवानीको भनाई थियो । 

313206565_494388276056694_1491334872716603827_n1667720784.jpg

विद्यालयले विद्यार्थीलाई भविष्यका चुनौतीलाई सामना गर्ने कला सिकाएको र सामथ्र्य दिएकोमा  धन्यवाद दिइन् । कार्यक्रममा ५ कक्षासम्म विद्यार्थीले नाच र गीत प्रस्तुत गरेका थिए । परिश्रम शीर्षकको नाटक विद्यार्थी प्रस्तुत गरेका थिए  कार्यक्रममा क्षेत्रीय निर्देशक सिस्टर जेसि.सि.जे, प्रबन्धक सिस्टर मरिसा सि.जे, प्रधानाध्यापक सिस्टर लिलियन सि.जे, शिक्षकर अभिभावकहरुको उपस्थिति थियो ।

313191063_494388436056678_4734900038145125765_n1667720779.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार